प्रभु सेलेक्ट फण्डमा आवेदन दिने मिती सकियो : करिव दुई गुणा बिक्री ! कतिले किने ?

जेठ १०, काठमाडौं । जेष्ठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन ९ गतेबाट बन्द भएको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिन १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ ।

८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई रु। १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

 

 

संम्बन्धित समचार

Leave a Comment