एमाले समाजवादी निकट युवासंघको झण्डा र लोगो सार्बजनिक

भाद्र ३, काठमाडौ ।एमाले विभाजन गरी माधव नेपालले नयाँ पार्टी गठनका लागि प्रक्रिया सुरू गरेसँगै उनले गठन गरेका समानान्तर कमिटीहरू आबद्ध हुन सुरू गरेका छन्।

एमालेमा रहँदा गठन भएको युवा संघले नेकपा एमाले समाजवादी पार्टीमा आबद्ध भएको घोषणा गरेको छ।

नेपाल पक्षले नरेश शाहीको अध्यक्षतमा गठित युवा संघ नेपाल बिहीबारदेखि एमाले समाजवादीसँग आबद्ध भएको छ।

युवा संघ नेपालको काठमाडौंमा उपलब्ध पदाधिकारी र विभागीय प्रमुख उपप्रमुखको बैठकले संगठनको नयाँ झण्डा समेत सार्वजनिक गरेको छ।

युवा संघ नेपालले भदौ ११ र १२ गते काठमाडौंमा केन्द्रीय कमिटी तथा सबै प्रदेश पदाधिकारी जिल्ला अध्यक्ष सचिव र महिला विभाग प्रमुख, केन्द्रीय निकायहरूको विस्तारित बैठक बोलाएको छ।

साथै युवा संघले एमाले समाजवादी र आफ्नो संगठनमा गोलबद्ध हुन देशभरिका नेता,कार्यकर्ता र सम्पूर्ण देशबासीलाई अपिल गरेको छ।

त्यस्तै, भदौ ५ गते युवा संघ अन्तर्गतको पिपुल्स भोलेन्टिएर्सले बिहान ८ बजेदेखि २ घण्टा त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ गर्ने समेत निर्णय गरेको छ।

संम्बन्धित समचार

Leave a Comment