सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

भदौ १०, काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबारको तुलनामा विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको हो ।

जसअनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार १०० र तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३०० र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, महासंघले आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Comment