सेती नदीमा बाढी: ६० जना फसे, पुल बगाउँदा उद्धारमा कठिनाइ

कात्तिक २, धनगढी । सोमबार राति आएको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।

वडाध्यक्ष रामबहादुर धामीले ‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ वडाध्यक्ष धामीले भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ ।’

सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताए ।

उनले भने आन्तरिक मामिला तथा कानून मन्त्री कञ्चनपुर जानुभएको रहेछ । मौसम सफा हुने बित्तिकै हेलिकप्टर पठाउने आश्वासन दिनुभएको छ ।’

उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् । उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएका छन् । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको वडाध्यक्ष धामीले जानकारी दिए ।

 

संम्बन्धित समचार

Leave a Comment