सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंसिर १, काठमाडौं । बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुन मूल्य प्रतितोला ९४ हजार ८सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको बुधबारको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ। यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

संम्बन्धित समचार

Leave a Comment