एमालेबाट काठमाडौं मेयरमा पाँच जनाको नाम सिफारिस

बैशाख २, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको हो ।

यी पाँच जनाको नाम जिल्ला कमिटीमा पठाइएको र त्यहाँबाट केन्द्रमा सिफारिस गरिनेछ । जिल्लाले उम्मेदवार सिफारिसमा परेकाबारे रायसहित प्रदेशलाई जानकारी दिनेछ । प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ ।

उपमेयरमा भने नाम सिफारिस भइसकेको छैन । अध्यक्ष देउलाले उपमेयरका लागि छलफल भइरहेको बताए । महानगरका १६ वडाका लागि वडाध्यक्षमा नाम तय गरिसकिएको पनि उनले बताए । अरू वडाका लागि छलफल जारी रहेको उनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Comment