पताँला गाउँपालिका उपाध्यक्षमा एमालेबाट जलसा कुमारी बुढाको उम्मेदावरी

बैशाख १२,काठमाडौँ । कालिकोटको पताँला गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा (एमाले)बाट युवा नेत्री जलसा कुमारी बुढा उम्मेदवार भन्ने भएकी छिन्।

एमालले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको बुढालाई उपाध्यक्ष पदको लागि टिकट दिएको हो। उनको भोलि (सोमबार) उम्मेदवारी दर्ता गर्ने तयारी भएको छ। २३ वर्षीया बुढा यहाँको लोकप्रिय युवा नेत्रीका रूपमा परिचित छिन्।

विद्यालय जीवनबाटै राजनीतिक यात्रा सुरू गरेकी उनले विभिन्न संगठनमा बसेर काम गर्दै आएकी थिइन। केही व्यवसायमा समेत आबद्ध उनी यहाँको विकास निर्माणसँगै समाजसेवाका काममा समेत सहभागी हुँदै आएकी छिन्।

पढाइमा अब्बल, सूचना प्रविधिको राम्रो ज्ञान भएकी, सबैसँग मिलेर काम गर्न सक्ने, राजनीतिकदेखि प्रशासनिक र कानूनी विषयमा ज्ञान भएकी, नयाँ सोच र विचार भएकी, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न सक्ने भएकाले उनी जस्तो राम्रो मान्छे गाउँपालिकाको नेतृत्वमा आउन चाहनु धेरै राम्रो कुरा भएको स्थानीयले बताएका छन्।

‘अहिलेको मुख्य समस्या भनेको नै अघिल्ला पुस्ताले युवाको चाहना अनुसार काम गर्न नसक्नु हो। अब हेर्नुहोस् गाउँमा राम्रो बजेट आउँछ तर हाम्रा नेतामा त्यसलाई सही तरिकाले सदुपयोग गर्न सक्ने क्षमता नै छैन। अब सधै नेतालाई गाली गरेर हुँदैन हामी युवा नै अगाडि सरेर काम गरौँ भनेर म आएकी हुँ, मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ। आशा छ सबैले साथ दिनुहुने छ,’ बुढाले भनिन्।

संम्बन्धित समचार

Leave a Comment