धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

बैशाख १३,धनुषा । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु गएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका ५ को भित्री सडक खण्डमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका ४ का २० वर्षीय सुमित भिण्डेबाल र धनुषाको विजय नगरपालिका ५ का १८ वर्षीय अविनाश मण्डलको ज्यान गएको हो । अर्का एक जनाको परिचय खुलेको छैन ।

ज्यान गुमाएका तीन जनाकै शव अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment