आज पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

वैशाख १७, काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै उत्तर-पश्चिम बंगालको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शनिबार) दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र कर्णाली प्रदेश र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment