५ देखि ११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

पुस १२, काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोभिड-१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए । डा मरासिनीका अनुसार बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ । सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको डा मरासिनीले जानकारी दिए । ‘अहिले नयाँ उत्पादन भएको फाइजरको खोप ५…

पुरा पढ्नुहाेस्

कोभिडविरुद्धको सवा तीन करोड मात्रा खोप केही दिनमै नेपाल ल्याईने

असोज २०, काठमाडौं । कोभिड-१९ विरुद्धको सवा तीन करोड मात्रा खोप केही दिनभित्रै नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको हो । विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार तत्काल भारतबाट कोभिसिल्ड खोप १० लाख मात्रा आउन लागेको छ । चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा…

पुरा पढ्नुहाेस्

काठमाडौंका १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि भेरोसेल खोप दिइने

असोज ११, काठमाडौं । काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

पुरा पढ्नुहाेस्

कोभिडविरुद्धको ’कोभिनाट्री’ खोपलाई आपतकालीन प्रयोगको अनुमति

भदौ २७, काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको अर्को खोपले पनि आपतकालिन प्रयोगको लागि अनुमति पाएको छ । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप फाइजर बायोएनटेकको ’कोभिनाट्री’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले खोप ल्याएर प्रयोग गर्नका लागि आपतकालीन अनुमति दिइएको बताए । कोभिडका खोपमध्ये फाइजर खोप धेरै देशमा प्रयोग भइरहेको खोप हो । सबैभन्दा अगाडी आएको र अमेरिकामा समेत यो खोप पहिलो रोजाइमा रहेको देखिन्छ । माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालमा अहिलेसम्म यस्तो खोपको प्रयोग अहिलेसम्म भएको थिएन । सरकारले…

पुरा पढ्नुहाेस्