फाइजर खोप नेपाल आइपुग्दै, दिर्घ रोगीलाई लगाइने

कात्तिक ०८, काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा दिन लागेको कोभिड-१९ विरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदान स्वरुप उपलब्ध गराएको १ लाख ६२० डोज कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउन लागेको हो । यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर…

पुरा पढ्नुहाेस्

कोभिडविरुद्धको सवा तीन करोड मात्रा खोप केही दिनमै नेपाल ल्याईने

असोज २०, काठमाडौं । कोभिड-१९ विरुद्धको सवा तीन करोड मात्रा खोप केही दिनभित्रै नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको हो । विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार तत्काल भारतबाट कोभिसिल्ड खोप १० लाख मात्रा आउन लागेको छ । चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा…

पुरा पढ्नुहाेस्

काठमाडौंका १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि भेरोसेल खोप दिइने

असोज ११, काठमाडौं । काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

पुरा पढ्नुहाेस्

दक्षिण कोरियामा कोभिड सङ्क्रमितको संख्या बढ्दै

फागुन ३ काठमाण्डौ । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । स्वास्थ्य अधिकारीहरुले सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको समाचारमा जनाइएको छ । गएको २४ घन्टामा देखिएको यो संख्या केही दिन यताकै धेरै रहेको बताइएको छ । यो सँगै यहाँका सङ्क्रमितहरुको संख्या ८३ हजार ८६९ जना पुगेको बताइएको छ । पछिल्लो हप्ता हरेक दिन कम्तीमा एक सयजना जति सङ्क्रमित थपिएका पनि बताइएको छ । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका…

पुरा पढ्नुहाेस्

भारतमा कोभिड–१९ बाट एक करोड १० लाख संक्रमित

फागुन ३ नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । विगत तीन दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको मन्त्रालयले जनाएको छ । भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो । देशभर…

पुरा पढ्नुहाेस्

कोरोनाले पुरुषको प्रजनन्मा क्षति पु¥याउने

माघ १७ काठमाण्डौ । कोभिड १९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर तथा पुरुषको प्रजनन् सम्भाव्यतामा क्षति पु¥याउने पहिलो सिधा प्रमाण फेला पारेको छ ।’ यद्यपि, अन्य विज्ञहरुले यसको निष्कर्षबारे तत्कालै शंका व्यक्त गरेका छन् । उनीहरुले अध्ययनको निष्कर्षलाई अति सामान्यीकरण गरेर प्रस्तुत गरिएको भन्दै औँला उठाएका छन् । ‘म उनीहरुको यस तथ्यप्रतिको व्याख्याप्रति औला उठाउन चाहन्छु । उदाहरणका लागि, लेखकहरुले उनीहरुको तथ्याङले ‘कोभिड…

पुरा पढ्नुहाेस्