गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी

चैत्र २४, भैरहवा । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन्। मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै व्यावसायिक संस्थाहरु सवमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन्। विमानस्थललाई केन्द्रित गरी अर्बौ रुपैयाँ लगानी गरेका पर्यटन व्यावसायीहरुको लगानी डुब्ने स्थितिमा रहेको भन्दै भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्णत सञ्चालनमा ल्याउनु पर्ने चेम्बर अफ कमर्श रुपन्देहीका…

पुरा पढ्नुहाेस्