ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका-प्रसाद ग्रहण

असोज ९, काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो गएराति १०:३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । आज राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । यसअघि आजै राति राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेकी हुन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत सम्पन्न भएको छ । शुक्जैरबार…

पुरा पढ्नुहाेस्

ठड्याइयो इन्द्रध्वजा, सुरु भो इन्द्रजात्रा

असोज २, काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान गरिएको छ । ६:५१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।…

पुरा पढ्नुहाेस्