कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गर्न स्थानीय सरकारको प्रतिबद्धता

माघ २९,कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहका प्रमुखले जिल्लालाई साक्षर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको ‘साक्षर नेपाल वर्ष, २०७६ सम्बन्धी सरोकारवाला अभिमुखीकरण’ कार्यक्रममा यहाँका स्थानीय तहका प्रमुखले वडा हुँदै नगर तथा गाउँपालिकालाई साक्षर घोषणाका लागि काम अघि बढेको जानकारीसमेत गराएका छन् । २०७६ सालभित्रै मुलुकलाई साक्षर घोषणा गर्ने लक्ष्यअनुरुप कञ्चनपुरलाई पनि चाँडै साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले नगरपालिकाका सबै वडामा निरक्षरको लगत सङ्कलन भइरहेको जानकारी दिए । “यो…

पुरा पढ्नुहाेस्