कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस दुर्घटना, ४ जनाको मृत्यु

मंसिर २९,सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो । नेपाल प्रहरी इन्स्पेक्सटर गणेश खनालका अनुसार, अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए । खनालका अनुसार कालिन्चोक मन्दिर दर्शन गरेर फर्किंदै गरेको बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो ।

पुरा पढ्नुहाेस्