कालोसूचीमा परेका ग्राहकबाट पाँच करोडभन्दा बढी बक्यौता रकम असुली

साउन ११,रौतहट । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय गौर वितरण केन्द्रले विद्युत प्रसारण गर्ने आफ्नो क्षेत्र भित्र कालोसूचीमा परेका ग्राहकबाट पाँच करोडभन्दा बढी बक्यौता रकम असुल गरेको छ । शाखा कार्यालय गौरले लामो समयसम्म विद्युत महसुल नतिरेर कालोसूचिी परेका एक हजार ५८४ जना ग्राहकबाट पाँच करोड २१ लाख ९७ हजार १८४ रुपियाँ बक्यौता रकम असुलेको हो । शाखा प्रमुख इन्जिनियर विजय महतोका अनुसार तीन महिनाभन्दा बढी समय र दश हजार रुपियाँभन्दा बढी महसुल नबुझाएका उक्त सङ्ख्याका ग्राहकको विद्युत् प्रसारण सेवा अवरुद्ध गरिएको थियो । तीमध्ये एक हजार चार सय पाँच…

पुरा पढ्नुहाेस्