बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाण्डौमा

कार्तिक २६,काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल आएका छन । बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित मंगलबार दिउँसो काठमाडौँ ओर्लेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको नियन्त्रणमा बंगलादेशका समकक्षी हमिद नेपालको चार दिने भ्रमणका लागि मंगलबार काठमाण्डौ आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेका थिए । बंगलादेशका राष्ट्रपति हमिदको स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायतका मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए । त्यस अवसरमा राष्ट्रपति हमिदलाई ‘गार्ड अफ अनर’ को…

पुरा पढ्नुहाेस्