राप्रपाका अध्यक्ष थापा सिंगापुर प्रस्थान

असोज ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सिंगापुर गएका छन्। उनी शुक्रबार राति सिंगापुर प्रस्थान गरेका हुन्। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापा असोज ८ गते सिंगापुरमा हुने ‘बिम्स्टेक एट २० : प्रायोरिटिज् एन्ड प्रोस्पेक्ट’ सम्बन्धि कार्यशालामा सहभागी हुन गएका हुन्। उनले उक्त कार्यशालालाई सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ। सिंगापुर जाने क्रममा थापाले मलेसियामा राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाजको विशेष भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए। पूर्वराजा ज्ञानेन्द्र शाह पनि सिंगापुरमा रहेका बेला अध्यक्ष थापाको सिंगापुर भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको…

पुरा पढ्नुहाेस्