कोभिड प्रभावित अति विपन्न परिवारलाई राहत दिन सुरु

कार्तिक २०, काभ्रेपलाञ्चोक । सरकारले कोभिड-१९ महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार तीन सय तीन अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । दश हजार रुपैयाँका दरले उनीहरूलाई राहत वितरण गरिएको हो । पालिकाहरूले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताएका छन् । विशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएका अति विपन्न, असहाय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्न तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको हो । सरकारले प्रतिस्थापन बजेटमा…

पुरा पढ्नुहाेस्