विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि, २०२२ अक्टोबरसम्म ७१.९० प्रतिशतले वृद्धि

कार्तिक १९, काठमाण्डौ । विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले बढेको छ । विभागका अनुसार यो वर्षको अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । हवाई माध्यमबाट मात्रै नेपाल भित्रिनेको यो सङ्ख्या यो वर्षकै सबैभन्दा अधिक हो। सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । सन् २०२२ को प्रारम्भबाटै पर्यटन आगमनमा सुधार देखिन थालेको हो…

पुरा पढ्नुहाेस्