शेयर बजार ७३ अङ्कले बढ्यो, ७ अर्ब १० करोड रुपैयाँको बारोबार

पुस २५, काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार ७३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७३ दशमलव शून्य पाँच अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ५२ विन्दुमा पुगेको हो । सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय ४८ अङ्कले, विकास बैंकको दुई सय ५७ अङ्कले, माइक्रोफाइनान्स समूहको साढे ७० अङ्क र उत्पादन समूहको शेयर एक सय ३८ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९५ र निर्जीवन बीमा समूहको शेयर तीन सय ७९ अङ्कले बढेको छ ।…

पुरा पढ्नुहाेस्