उदयपुरमा अटो दुर्घटना, एकको मृत्यु, ८ घाइते

कार्तिक २२, काठमाण्डौ । उदयपुरको त्रियुगा नगरपालिकाको दियालेमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अटो दुर्घटनामा घाइते भएकी उदयपुरको त्रियुगानगरपालिका ४ की ५ वर्षीया नुजल मगरको उपचारको क्रममा ज्यान गएको छ । मंगलबार साउनेबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ह ००२७ न।को अटो बेलुका त्रियुगा नगरपालिका १४ दियालेमा अनियन्त्रित भई दुर्घटना हु्ँदा मगरसहित ९ जना घाइते भएका थिए ।

पुरा पढ्नुहाेस्

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको मृत्यु, ८ घाइते

मंसिर १५, काठमाडौं । अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्य भएको छ । मृत्य हुनेमा १६ वर्षीय किशोर, १४ र १७ वर्षीया किशोरी रहेका छन् । मृत्य हुनेको परिचय खुल्न सकेको छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

पुरा पढ्नुहाेस्

बस्तिपुरमा बस दुर्घटना: १ को मृत्यु, ८ घाइते

पुस ११,काठमाडौँ । हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । सोही दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।…

पुरा पढ्नुहाेस्