सरकारले तयार पार्‍यो स्वयंसेवी स्वास्थ्यकर्मीको विवरण

बैशाख ३,काठमाडौँ । सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा स्वयंसेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयंसेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, मन्त्रालयका सह-सचिव डा.गुणराज लोहनी र शिक्षा मन्त्रालयका दीपक शर्मा रहेका छन् ।

समितिले विभिन्न मेडिकल कलेजमा अध्ययन गरेका स्वयंसेवा गर्न इच्छुक चिकित्सक र नर्सको विवरण तयार पारेको हो । अहिलेसम्म स्वयंसेवी बन्न इच्छुक झन्डै दुई हजार १२ स्वास्थ्यकर्मीको सूची समितिले तयार पारेको आयोगका उपाध्यक्ष डा.गिरीले जानकारी दिए ।

तीमध्ये ५ सय २७ जना चिकित्सक र एक हजार ४८६ जना नर्स रहेका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट सय जना, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज सिनामङ्गल, किष्ट मेडिकल कलेजबाट स्वयंसेवी बन्ने भएका छन् ।

यीसँगै काठमाण्डौ, मणिपाल मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज काठमाण्डौ, युनिभर्सल मेडिकल कलेज भैरहवा र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट ५० जनाका दरले चिकित्सक परिचालन हुनेछन् ।

नोबेल मेडिकल कलेज विराटनगरबाट १५०, विराट मेडिकल कलेजबाट ११८, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, गण्डकी मेडिकल कलेजले पनि सय जनाका दरले नर्स खटाउने भएका छन् ।

ती स्वास्थ्यकर्मीलाई प्रभावित ठाउँमा खटाइने तयारी गरिएको आयोगका उपाध्यक्ष डा. गिरीले बताए । सरकारले विश्वव्यापी महामारी भएको कोभिड(१९ को रोकथाम गर्नका लागि जनशक्तिको सुनिश्चिताका लागि आवकाश प्राप्त र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई समेत परिचालन गर्ने निर्णय गरेको थियो ।

ती जनशक्तिलाई स्वयंसेवी वा सेवा सुविधा दिएर कम्तीमा तीन महिनाका लागि खटाइनेछ । मन्त्रालयले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी काममा खटाइने छ ।

संम्बन्धित समचार

Leave a Reply