‘कठपुतली’ ले पायो दर्शकको साथ: ८० प्रतिशत अकुपेन्सी कायम

पुस १७,काठमाडौँ । कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएर यसपालीको दशैंबाट खुलेका सिनेमा हलमा नेपाली फिल्मले सुखद व्यापार गर्न नसकिरहेको अवस्थामा शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टीप्लेक्सहरुमा फिल्मले ७५-८० प्रतिशत अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ । शुक्रवारको ओपनिङ सुखद भएपछि काठमाडौंका मल्टीप्लेक्सहरुले शनिवारका लागि फिल्मको शोजमा भारी वृद्धि गरेका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि १४ शो दिएको थियो । शुक्रवारको व्यापार राम्रो भएपछि शनिवारका लागि २२ शो उपलब्ध गराएको…

पुरा पढ्नुहाेस्