टर्कीले नेटो आबद्ध १० देशका राजदूतमाथिको कुटनीतिक संरक्षण हटायो

कात्तिक ७, काठमाण्डौ । टर्कीले नेटो आबद्ध १० देशका राजदूतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई नयाँ नीति स्वीकार गर्न आग्रह गरेको छ । नीति स्वीकार नभए देश छोड्न उनको चेतावनी छ । टर्कीको यो नीतिसँगै १० राष्ट्रका राजदूतहरुमाथि जुनसुकै मुद्दामा छानबिन तथा कारबाही अगाडि बढाउन पाइने भएको बीबीसीले जनाएको छ । विगत चार वर्षदेखि टर्कीको कारागारमा रहेका अभियन्ता ओस्मान कवलाको रिहाइको मागसहित वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्दोगानले यो निर्णय गरेको विश्लेषण गरिएको छ । कबलाकै नेतृत्वमा राष्ट्रपतिलाई सत्ताच्युत…

पुरा पढ्नुहाेस्