आजबाट प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट

पुस २६, काठमाडौँ । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ । यता, मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ । मुलपानीमै दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ । प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी…

पुरा पढ्नुहाेस्