फिफा विश्वकप फुटबल: अन्तिम–१६ का दुई वटा खेल तय

मंसिर १४,काठमाडौँ । फिफा विश्वकप फुटबलमा अन्तिम–१६ का दुई वटा खेल तय भएका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै नकआउट चरणको समीकरण बन्न थालेको हो । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको छ । यस्तै सेनेगलले इक्वेडरलाई २–१ गोलले हराएर समूह ‘ए’ को उपविजेता बन्यो । सेनेगलको ६ अंक छ…

पुरा पढ्नुहाेस्