मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक (भिडियोसहित)

वैशाख २०, काठमाण्डौ । वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । श्रेष्ठको ७२औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् । बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ ।  

पुरा पढ्नुहाेस्