उपचुनाव: बझाङमा एमालेका भण्डारी निर्वाचित

बैशाख १७,बझाङ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी भए । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत…

पुरा पढ्नुहाेस्

रिसइबी साँध्न छिमेकीको तीन वर्षीया छोरीको बिस्कुट खुवाएर घाँटी थिचेर हत्या !

बैशाख १७, सिरहा । छिमेकीको तीन वर्षीया छोरीको हत्यामा आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया टोलका आमा–छोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । स्थानीय रमेशकुमार यादवकी करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई १४ वैशाखमा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार दुवै आमा छोरीविरुद्ध ज्यानसम्बन्धी कसुर ९कर्तव्य ज्यान० मुद्दामा सिरहा जिल्ला अदालतबाट १५ वैशाखदेखि लागू…

पुरा पढ्नुहाेस्

रास्वपा उम्मेदवार मिलन लिम्बूलाई आफ्नै वडामा पनि ९६ मत !

बैशाख १७, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूलाई आफ्नै वडाबाट समेत कम मत प्राप्त भएको छ । उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर–२ मा मतदान केन्द्र हो । यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ । मिलनको वडामा १,४०७ मत खसेको थियो । यहाँ एमालेले पहिलो नम्बरमा मत पाएको छ । एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पाएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१७ मत पाएका छन् ।

पुरा पढ्नुहाेस्

खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा बेली ब्रिज निर्माण

बैशाख १७,धादिङ । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ। उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोरो गराउन थालिएको छ। उत्तरी धादिङको तीन गाउँपालिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरे। खनियाँबास–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२ दशमलव ६७ मिटर लामो र चार दशमलव दुई मिटर चौडा रहेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो।…

पुरा पढ्नुहाेस्

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख १७, काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ । दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

पुरा पढ्नुहाेस्

बझाङमा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धा, कति छ मतको फरक ?

१७ वैशाख, धनगढी । बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएको थिए भने मध्यतिर कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायम गरेका थिए । तर, फेरि एमालेले २० मतले अग्रता लिएको छ । २७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंह १० हजार ३९१ मत पाएका छन् । माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ७१३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४४९ मत प्राप्त गरेका छन् । राप्रपाका…

पुरा पढ्नुहाेस्

सिम्रिकको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

बैशाख १७, काठमाडौँ । इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर धुलिखेलमा अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ । सोही सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा रोक्नु परेको थियो । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।

पुरा पढ्नुहाेस्

आइएमई लाइफको नाफामा उछाल, खुद बीमा शुल्क कति ?

बैशाख १७, काठमाण्डौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७५ प्रतिशतको उछाल आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १८ करोड ८ट लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको २ अर्ब ८९ करोडको तुलनामा ७।७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७३ लाख २५ हजार,लगानी तथा कर्जा आम्दानी ९६ करोड १३…

पुरा पढ्नुहाेस्

सुनको भाउ चार सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख १७,काठमाण्डौँ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ३७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

आईपीएलमा आज कोलकाता र दिल्लीबिच भिडन्त हुँदै

बैशाख १७, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १७औँ संस्करणमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच खेल हुनेछ । खेल कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४७औँ खेल हो । कोलकाता नाइट राइडर्सले आफ्नो नवौँ खेल खेल्न लागेको हो । दिल्ली क्यापिटल्सले भने जारी सिजनको आईपीएमा आफ्नो ११औँ खेल खेल्न लागेको हो ।

पुरा पढ्नुहाेस्