इन्धनको मूल्यवृद्धि फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

जेठ ४, काठमाडौँ । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले गत वैशाख ३१ गते मध्यरातिदेखि लागू हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो ।

महासंघले आयल निगमले प्रेषित गरेको प्रेस विज्ञप्तिअनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पद्धार्थबाट चल्ने सवारीसाधन, मेशिनरी, उपकरणहरु निश्चित् अवधि पश्चात् चल्न नपाउनेगरि कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महासंघका चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गरे । उनले सानातिना विषयमा सडकमा आउने ईच्छा नभएपनि अब बाध्य भएर महासंघ सडकमा उत्रत्रिनुपर्ने दिन आएको बताए । उनले आफूहरुका माग सम्बोधन गर्न सरकारबाट आवश्यक पहल नभए सडकमा आउने पनि चेतावनी दिए ।

 

 

कारोबार दैनिकबाट

संम्बन्धित समचार

Leave a Comment