इन्धनको मूल्यवृद्धि फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

जेठ ४, काठमाडौँ । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले गत वैशाख ३१ गते मध्यरातिदेखि लागू हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो । महासंघले आयल निगमले प्रेषित गरेको प्रेस विज्ञप्तिअनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य…

पुरा पढ्नुहाेस्