निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

जेठ ९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढाएको बढाएको हो ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसैअनुसार भारतीय आयल नियमले मूल्य बढाएको जनाउँदै निगमले मूल्य बढाएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ । निगमले आज मध्यरातदेखि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढाएर १ हजार ८ सय रूपैयाँ पुर्‍याएको छ ।

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

संम्बन्धित समचार

Leave a Comment