निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

जेठ ९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढाएको बढाएको हो । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसैअनुसार भारतीय आयल नियमले मूल्य बढाएको जनाउँदै निगमले मूल्य बढाएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ । निगमले आज मध्यरातदेखि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढाएर १ हजार ८ सय रूपैयाँ पुर्‍याएको छ । निगमले यसअघि गत वैशाख ३१…

पुरा पढ्नुहाेस्

निगमलाई इन्धन किन्न चार अर्ब २५ करोड निकासा

फागुन २४, काठमाडौँ । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको सोमबार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग रु. चार अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो । गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ । निगमले आइओसीलाई…

पुरा पढ्नुहाेस्

नेपाल आयल निगम ५२ औं बर्षमा

पुस २६, काठमाडौँ । नेपाल आयल निगमले आज ५२ औं स्थापना दिवस मनाउँदैछ । वि. सं २०२७ सालमा स्थापना भएको निगम आज ५१ वर्ष पुरा भएर ५२ औं वर्षमा प्रवेश गरेको हो । नेपाल सरकारको स्वामित्वमा रहेको निगमले देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्दछ । भारतीय आयल निगम लिमिटेडसंग २०१७ मार्च २७ मा पाँच बर्षको लागि सम्झौता भए बमोजिम नेपालमा तेल आयात तथा आपुर्ति भईरहेको छ । स्थापना दिवसको अवसरमा शसभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउबाले निगमलाई आफ्नो दायित्व र जिम्मेवारी अझ प्रभावकारी रुपमा…

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य पूर्णरुपमा कार्यान्वयन गर्न सकिँदैन : निगम

पुस १९, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तरराष्ट्रिय बजारमा इन्धन मूल्य बढेर आएको र इन्धनमा लगाइएको राजस्वका कारण मूल्य बढ्न गएको बताएका छन् । उनले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गर्दा कतिपय अवस्थामा उच्च घाटा हुने र त्यो थेग्न तयारी अवस्था नहुँदा उपभोक्तामा थप भार पर्ने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थको सहज आपूर्ति र स्वचालित मूल्य प्रणाली’ विषयक अन्तक्रियामा उनले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले निगम अहिले मासिक ३ अर्ब ७० करोड घाटामा रहेको…

पुरा पढ्नुहाेस्

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, निगम भने घाटामै

पुस ३, काठमाडौं । पछिल्ला केही दिनयता अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ । एक महीना अगाडिसम्म पाक्षिक रू. साढे दुई अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट बिहीवार प्राप्त नयाँ खरीद मूल्यअनुसार अब पाक्षिकरुपमा रू. एक अर्ब ५७ करोड घाटा हुनेछ । पछिल्लो पटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरीद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४४ पैसा, डिलेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको…

पुरा पढ्नुहाेस्

फेरी बढ्यो इन्धनको मुल्य, निगम भने अझै घाटामै

कार्तिक १३, काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु. १३३ कायम गरेको छ । त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. तीनले बढेर रु.११६ पुगेको छ । आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई…

पुरा पढ्नुहाेस्