‘बागमती प्रदेशमा बिकासको काम तिब्र भईरहेको छ’ : मुख्यमन्त्री पाण्डे

जेठ १३, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताको सेवा सुविधाका लागि सरकारले अध्यादेश जारी गरेको बताएका छन् । दशौं अधिवेशन बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन अवरुद्ध पार्दा सरकारले नियमित काम कारवाहीका लागि ल्याउनुपर्ने नीति नियम निर्माणमा समस्या परेपछि जनतालाई सेवा प्रवाहमा समस्या आउन नदिन आवश्यक ऐनहरू अध्यादेशमार्फत ल्याइएको बताएका हुन् । उनले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताए ।

मुख्यमन्त्री पाण्डेले हेटौंडा अस्पतालमा नै मृगौला प्रत्यारोपण सुरु गर्ने गरी धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्यको पहलसमेत भइरहेको बताए । त्यस्तै यातायात क्षेत्रको सुधारका लागि ट्रायल सेन्टरहरूको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको पाण्डेले बताए ।

 

संम्बन्धित समचार

Leave a Comment