जेठ १३, काठमाण्डौ । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भएको छैन । यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ विन्दुमा झरेको छ । नेप्से ०.७१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले घटेर ४३३.०७ विन्दुमा झरेको छ । कूल २२३ वटा कम्पनीको ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८९ लाख ५ हजार ५ सय ९० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।