सहमतिमा जिल्ला समन्वय समितिको निर्वाचन गर्ने निर्णय

जेठ १६,काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सहमतिमा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पाँच दलका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘बैठकले अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बिचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरिएको छ ।’’

विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेपाली काँग्रसका सभापति शेरवहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

संम्बन्धित समचार

Leave a Comment