एमालेले बोलायो सचिवालय बैठक, चुनावबारे समिक्षा हुने

जेठ २७, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ ३० गते बस्ने भएको छ । स्थानीय निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए ।

केन्द्रीय कार्यलय च्यासलमा बस्ने सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनमा भएका हारजितको विस्तृत समिक्षा हुने बताइएको छ । बैठकको तयारीका लागि जेठ २९ गते पार्टी केन्द्रीय कार्यलयको बैठक बस्नेछ । महासचिवको संयोजकत्वमा हुने उक्त बैठकले सचिवालयमा पेश गरिने एजेण्डा तय गर्नेछ ।

सचिवालय बैठकको भोलिपल्ट पार्टी अनुशासन आयोगको बैठक बोलाइएको छ । अनुशासन आयोगको बैठकले माथिल्लो तहका केही नेतालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । देशका विभिन्न स्थानीय तहमा जित्ने आधार हुँदाहुँदै पनि हार्नु आफ्नै पार्टी भित्रको अन्तरघातलाई कारण मानिएको छ ।

संम्बन्धित समचार

Leave a Comment