नेपालका चारवटा प्रदेशमा मनसुनी वायुको असर : हलकादेखि मुसलधारे बर्षा हुने सम्भावना !

असार ६, काठमाण्डौ । नेपालका चारवटा प्रदेशमा मनसुनी वायुको असर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको हो । बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ ।

बिहान प्रदेश–१, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश–१, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश–१, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा वर्षाको आकलन गरिएको महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment