प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै

असार ३०, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । १स्३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ ।

उपसभामुखको निर्वाचन भोलि दिउँसो ३ बजे हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद २०७६ माघदेखि रिक्त छ।

 

संम्बन्धित समचार

Leave a Comment