विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

असार ३०, काठमाण्डौ । विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ । त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको हो ।

यो खेलमा ओपनर आसिफ शेख र तीव्र गतिका बलरले राम्रो प्रदर्शन गरेपछि नेपालले पहिलो पटक स्कटल्यान्डलाई हरायो । यसअघि नेपालले एक दिवसीय र टी–२० खेलमा स्कटल्यान्डलाई हराउन सकेको थिएन।

हिजो भएको खेलमा जितका लागि पाएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । यो जितसँगै नेपाल अङ्क तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले ।

संम्बन्धित समचार

Leave a Comment