कांग्रेसे समानुपातिकको बन्दसूचीमा ११० जनाको नाम सिफारिस

असोज ९, काठमाण्डौ । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा ११० जनाको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा अधिकांश पार्टी सभापति शेरबहादुर देउवा पक्षको नामावली छ। कांग्रेसका प्रभावशाली नेताहरू समानुपातिक उम्मेदवारमा समेटिएका छन्।

जसमा पार्टी उपसभापति विमलेन्द्र निधिको नाम बन्दसूचीको पहिलो नम्बरमा छ। यस्तै, फरमुल्लाह मन्सुर, जिवन परियार, डा।प्रकाशशरण महत, आनन्दप्रसाद ढुगांना, डा।चन्द्रमोहन यादव, अनील रुगांटा, डा।आरजु राणा देउवा, मञ्जु खाँण र अम्विका बस्नेत रहेका छन्। बन्दसूचीमा कान्तिका सेजुवाल, मिनाकुमारी लामा, सरु लामा, गंगा अवाल, टेकप्रसाद गुरुङ, केदारनरसिंह केसी, खुमप्रसाद अर्याल, किर्तिबहादुर खड्का रहेका छन्। यस्तै,दामोदर गौतम, किरण गिरी, योगेन्द्र चौधरी, सरोज थापा, हस्तबहादुर अर्याल लगायत रहेका छन्।

संम्बन्धित समचार

Leave a Comment