प्रभु साहको आम जनता पार्टी गठन, ५१ सदस्यीय तदर्थ समिति गठन

पौष १४, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका प्रभु साहले आफ्नो नेतृत्वमा आम जनता पार्टी निर्माण गरेका छन्।

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’लाई आम जनता पार्टीमा रुपान्तरण गरी प्रभु साहको अध्यक्षता विस्तारित बैठक बसेको विज्ञप्तिमा जानकारी गराइएको छ।

बैठकले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरिएको छ । त्यस्तै, प्रभु साहकै नेतृत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरिएको छ । प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

संम्बन्धित समचार

Leave a Comment