सरकारबारे निर्णय गर्न जसपा बैठकमा, ८ एजेण्डामा छलफल

पौष १८, काठमाण्डौं । सरकारमा सहभागिताको विषयमा औपचारिक निर्णय गर्न जनता समाजवादी पार्टी जसपाको राजनीतिक समितिको बैठक बसेको छ । ललितपुरको बालकुमारीस्थित ज्यापुसमाजको हलमा अहिले बैठक जारी छ । बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई, संसदीय दलका नेता रामसहाय प्रसाद यादव, पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कार्यकारिणी सदस्य विजयकुमार यादव, मधेसका कृषिमन्त्री तथा कार्यकारिणी सदस्य नवल किशोर साह, कार्यकारिणी सदस्य राजकिशोर यादव, प्रकाश अधिकारी, सुशिला श्रेष्ठ, मनिष सुमन, न्हुच्छेलाल महर्जन, राजनीति समिति सदस्य आङकाजी शेर्पा, निर्मला यादवलगायतको उपस्थिति छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, संगठनात्मक अवस्था, सरकारमा पार्टीको सहभागितालगायत विभिन्न आठ वटा एजेण्डामा छलफल गर्न लागिएको बताइएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको जसपा हालसम्म सरकार बाहिर छ । जसपामा सरकारमा जाने, नजानेबारे दुईखाले धारणा रहेको बताइन्छ । आजको बैठकका एजेण्डाको रुपमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भूमिका, प्रतिनिधिसभा रप्रदेशसभाको निर्वाचनसम्बन्धी समीक्षा, न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता अघि सारिएको छ ।

संम्बन्धित समचार

Leave a Comment