मलेसियाका गृहमन्त्री र नेपालका श्रम मन्त्री नेतृत्वको प्रतिनिधिबीच भेटवार्ता

माघ २०, काठमाडौँ । मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक भेटवार्ता सुरु भएको छ । सोल्टी होटेलमा सुरु भएको भेटवार्तामा श्रम सम्झौता कार्यान्वयनलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुनेछ । नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो ।

नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि छलफल गर्नेछ । यस्तै नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने पनि बताइएको छ । बिहीबार काठमाडौं आएका मन्त्री नासुसनले आजैबाट उच्चस्तरीय राजनीतिक भेटघाट सुरु गरेका हुन् ।

संम्बन्धित समचार

Leave a Comment