उपराष्ट्रपति निर्वाचन : संघतर्फ २१२ र प्रदेशमा ३८३ मत खस्यो

चैत्र ३, काठमाण्डौँ उपराष्ट्रपति निर्वाचनअन्तर्गत मतदान जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी मतदानमा संघतर्फ २१२ र प्रदेशमा ३८३ मत खसेको छ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहान १० बजेपछि सुरु भएको मतदान कार्य दिउँसो तीन बजेसम्म चल्नेछ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य बोहरा, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् ।

संम्बन्धित समचार

Leave a Comment