७०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख ३, काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबारको तुलनामा आइतबार दुई हजार २०० रुपैयाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ८५० निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार ७०० मा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार ७१५ निर्धारण भएको छ ।

संम्बन्धित समचार

Leave a Comment