अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको कति ?

बैशाख ४, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा थियो ।

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५६ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४८ पैसा थियो ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा थियो ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८३ पैसा थियो ।

संम्बन्धित समचार

Leave a Comment