पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

बैशाख ४, काठमाण्डौँ । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र वर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडिएमएले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ ।
पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसंख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

‘मैले एनडिएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु। र एनडिएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री प्रदान गर्न,’ प्रधानमन्त्री शहबाज शरिफले सोमबार भने । हावाहुरीका बेला चट्याङ पर्ने जोखिम खुला, ग्रामीण क्षेत्रमा बस्नेमानिस बढी हुने गरेका छन् ।

संम्बन्धित समचार

Leave a Comment