दोस्रो संस्करणकोे कर्णाली प्रिमियर लिग आजदेखि सुरु

बैशाख १२,बाँके । दोस्रो संस्करणकोे कर्णाली प्रिमियर लिग (केपीएल) बिहीबारदेखि सुरु हुँदैछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय टोलीसहित ८ टोलीले सहभागिता जनाउँदै छन् ।

बिहीबार पहिलो दिन उद्घघाटन खेलमा घरेलु टोली कर्णाली ११ र लालिगुराँस क्रिकेट एकेडेमी झपाबीच खेल हुनेछ । कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीका अनुसार प्रतियोगिताको उद्घाटन बिहीबार बिहान ११ बजे कालुङ्चोक मैदानमा हुनेछ ।

प्रतियोगिताको समूह ए मा घरेलु टोली कर्णाली ११, मध्यपश्चिम किक्रेट क्लब बाँके , लालीगुराँस क्रिकेट एकेडमी र नेपाल आर्मी रहेका छन् । यस्तै समूह बी मा, शसस्त्र प्रहरी एपीएफ, महेन्द्रनगर किक्रेट एकेडेमी, न्यू होराइजन बुटवल र हिमालय किक्रेट एकेडेमी रहेका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले दुई लाख पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार रुपैयाँ पाउने छन् ।

यस्तै फाइनल खेलमा एकजना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment