साउन २८, काठमाडौं । सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्र्याटिक फ्रन्टका १० जना सांसद मंगलबार भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।
मंगलबार दिउँसो भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र बरिष्ठ नेता राम माधवले नयाँदिल्लीस्थित मुख्यालयमा ती १० जना सांसदलाई पार्टी प्रवेश गराएका हुन्।
प्रमुख प्रतिपक्षी सिटमा खुम्चिएका चाम्लिङको पार्टीका १५ सांसद थिए। चाम्लिङकै पार्टीबाट छुट्टिएर मुख्यमन्त्री बनेका पीएस गोलेसँग १७ सांसद छन्।
सन् १९९४ देखि चाम्लिङ सिक्किमका मुख्यमन्त्री थिए।